सुनको मूल्यमा सामान्य गिरावट

जनता संवाददाता
२०८२ श्रावण २७ गते, मंगलवार

काठमाडौँ । गत शुक्रबारदेखि निरन्तर उकालो लागेको सुनको मूल्यमा आज केही कमी आएको छ । सोमबारको तुलनामा आज एक तोला सुनमा एक हजार ३००ले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल एक लाख ९६ हजार ८०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य दुई हजार ३०५ तोकिएको छ । सोमबार एक तोला चाँदी दुई हजार ३१५ मा कारोबार भएको थियो ।

गत शुक्रबार एक तोला सुनको मूल्य एक लाख ९९ हजार २०० कायम भएको थियो । सोही दिन एक तोला चाँदी दुई हजार ३३० मा खरिदबिक्री भएको थियो ।

प्रकाशित मिति : २०८२ श्रावण २७ गते, मंगलवार


Scroll to Top

Janata Media