आज – २८ साउन २०८२ बुधवार; यस्तो छ तपाईँको राशिफल

जनता संवाददाता
२०८२ श्रावण २८ गते, बुधबार

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) वैदेशिक रोजगारमा सफलता मिल्नेछ। नोकरी वा पेशामा नयाँ अवसरलाई लिएर दौडधूप गर्नुपर्ला। सवारी साधन चलाउँदा सावधान रहनुहोला। अरुलाई सल्लाह दिनबाट बच्नुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ।

मिथुन

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) कार्यक्षेत्रमा सहयोगीहरूको सहयोग मिल्नेछ। व्यापार व्यवसायमा लाभ रहनेछ। नोकरी वा पेशामा प्रभाव बढ्नेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ६ रहेको छ।

सिंह

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) बोलीले गर्दा बनिरहेको कार्यमा बाधा आउन सक्छ सावधान भएर आफ्नो विचार राख्नुहोस्। शरीरमा कमी कमजोरीको अनुभूति हुनेछ। परिस्थितिवस कार्य सम्पादनमा समय लाग्नेछ। शुभचिन्तकहरूको कुरालाई वेवास्था नगर्नुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।

तुला

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउन सक्छ। कार्यक्षेत्रमा आफ्नो कामले अरूलाई प्रभावित पार्न सक्नुहुनेछ। नोकरी वा पेशामा कडा परिश्रम गर्नु परे पनि लक्ष्य सम्म पुग्न सकिएला। आजको शुभ रंग खैरो हो भने शुभ अंक २ रहेको छ।

धनु

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) परिवारको सदस्यको बीच आपसी समझदारीमा कमी आउन सक्छ। श्रम अनुसार कार्यको प्रतिफल नमिल्ला। इष्टमित्रहरूबाट सहयोग मिल्नेछ। स्वास्थ्यलाई लिएर सावधान रहनुहोस्। आजको शुभ रंग सेतो हो भने शुभ अंक ३ रहेको छ।

कुम्भ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) सञ्चित धनमा वृद्धि हुनेछ। आफन्तहरूको सहयोग मिल्नाले आत्मबल बढ्नेछ। विद्यार्थीहरूको पठनपाठमा मन लाग्नेछ। रोकिएका कार्य बन्नेछन्। आजको शुभ रंग खैरो हो भने शुभ अंक ४ रहेको छ।

बृष

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) व्यापारलाई लिएर नयाँ योजनाहरू कोरिनेछन्। आफूभन्दा ठूलाको साथ र सहयोग मिल्नाले मन हर्षित रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। चलचित्र वा कलाको क्षेत्रमा विशेष सफलता मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।

कर्कट

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भाग्यको साथ मिल्नेछ। युवा वर्गहरूलाई उच्च शिक्षामा नयाँ अवसर मिल्नेछ। अध्यात्म र धर्म कर्ममा मन लाग्नेछ। शैक्षिक क्षेत्र फराकिलो बन्नेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।

कन्या

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साझेदारी व्यापारमा लाभ रहनेछ। दाम्पत्य जीवन सुमधुर रहनेछ। आवश्यकता दर्शाउँदा सहयोगीहरूले साथ दिनेछन्। दिगो कार्य प्रारम्भ गर्न सक्नुहुनेछ। आजको शुभ रंग खैरो हो भने शुभ अंक ३ रहेको छ।

बृश्चिक

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) विद्यार्थीहरूलाई नयाँ कुरा सिक्ने अवसर मिल्नेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सन्तानबाट सहयोग मिल्नेछ। पहिला गरेको कार्यको उचित प्रतिफल मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

मकर

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) धैर्य र पराक्रमले नसोचेका कार्यमा सफलता मिल्नेछ। महत्वकांक्षी योजनाहरू पूर्ण गर्ने समय रहेको छ। कृषि क्षेत्र र पशुपालनबाट लाभ रहनेछ। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ६ रहेको छ।

मीन

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रष्ठित कार्य गर्ने अवसर मिल्नेछ। व्यापार व्यवसायमा राम्रो फड्को मार्न सकिनेछ। सानो प्रयत्नले राम्रो उपलब्धि हात लाग्न सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ८ रहेको छ।

प्रकाशित मिति : २०८२ श्रावण २८ गते, बुधबार


Scroll to Top

Janata Media