एमाले बागमती प्रदेश अधिवेशन: अध्यक्षमा दाहाल र ढुङ्गेलले गरे उम्मेदवारी दर्ता

जनता संवाददाता
२०८० आश्विन १० गते, बुधबार

काठमाडौं । नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा रामेछापका कैलाश ढुंगेल र मकवानपुरका कृष्णप्रसाद दाहालले उम्मेदवारी दर्ता गरेका छन् ।

ढुंगेलको प्रस्तावकमा आनन्दकुमार श्रेष्ठ र समर्थकमा वचन देउजा रहेका छन् । ढुंगेलका प्रस्ताव श्रेष्ठ रामेछाप जिल्ला अध्यक्ष र देउजा भक्तपुर जिल्ला अध्यक्ष हुन् ।

त्यसैगरी दाहालको प्रस्तावकमा हिदम लामा र समर्थकमा देवकृष्ण विकल रहेका छन् । दाहालका प्रस्तावक लामा भीमफेदी गाउँपालिका अध्यक्ष हुन् ।

प्रकाशित मिति : २०८० आश्विन १० गते, बुधबार


Scroll to Top

Janata Media