काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा भएका र नभएका आफूसहित आशंका लाग्ने सबैको सम्पत्ति छानविन गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्रेस चौतारी नेपालद्वारा आयोजित संवाद कार्यक्रममा आइतबार अध्यक्ष ओलीले त्यस्तो कुरा बताउँदै भ्रष्टाचारमा शुन्य सहनशीलतामा आफ्नो शतप्रतिशत समर्थन रहेको र सोही एजेण्डा बोकेर आफू राजनीतिमा लागेको बर्ताए । नवयुवाहरुले उठाएको प्रमुख मागमा भ्रष्टाचारमुक्त नेपाल बनाउने भएको र आफूले पनि त्यही कसम खाएर राजनीतिमा लागेको उनको भनाइ छ ।
“जेनजी आन्दोलन हाइज्याक भयो, शान्तिपूर्ण आन्दोलनलाई अराजक बनाइयो । यसमा गम्भीर षडयन्त्र भएको छ भन्ने कुरा छर्लङ्ग भइसकेको छ, सरकारले छानविन गरी तत्काल दोसीलाई कारवाही गरोस्” आग्रह गर्दै अध्यक्ष ओलीले थपे, “सिंहदरवार, सर्वोच्च अदालत, नेताका घर तथा व्यापारीको घरमा आगो लगाउने जेनजी थिएनन्, अराजक तत्व थिए । त्यसको तत्काल छानविन होस् ।”







