काठमाडौँ । बाँकेको कोहलपुरमा एक युवती मृत भेटिएकी छन् । कार्तिक १९ गते बुधवार आफ्नै कोठामा मृत भेटिएकी हुन् ।
हुम्लाको चंखेली गाउँपालिका वडा नं २ की २१ वर्षिया उशा शाही बिहान करिब ९ बजे आफ्नै कोठामा मृत भेटिएकी हुन् । उनी गएको असोज १५ गते दैलेखको महाबु गाउँपालिका वडा नं ५ गढीगाउँका २३ वर्षिय कृष्ण बहादुर सिंहसँग विवाह बन्धनमा बाँधिएकी थिईन् ।
विवाह पश्चात उनीहरु आमा बुवासहित बाँकेको कोहलपुर नगरपालिका वडा नं १३ भरैयामा बस्दै आएका थिए ।
मृतकका दाजु नविन शाहीका अनुसार मृतक शाहीको शरीरभरी चोट देखिएको र यसमा श्रीमान लगायत सासु ससुरा दोशी रहेको आशंका छ ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरीक्षक चक्र बहादुर डमरपालका अनुसार मृतकका आफन्तले जाहेरी दिएपछि अनुसन्धानका लागि श्रीमानसहित सासु, ससुरालाई थुनामा राखिएको छ ।
यो घटनाको सत्य तथ्य छानविन हुन आवश्यक छ । यस्ता घटनाले समाजलाई दुष्ति बनाउनुका साथै जघन्य अपराधका घटनालाई बढवा दिन प्रेरित गर्छ ।







