हुम्ला । दशैंको अवसरमा हुम्लाको अदानचुली–१ का ६२ घरधुरीलाई खाद्यान्न वितरण गरिएको छ । रेडियो श्रीनगर एफएम हुम्लाले एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र (आइसिडिआरसी) हुम्ला र महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगमा उक्त खाद्यान्न वितरण गरिएको हो ।
गएको फागुन महिनादेखि राम्रोसँग पानी नपरेका कारण खडेरीले भदौमा पाक्न बाली नपाक्दा खाद्यान्न समस्या झेलिरहेका हुम्लाको अदानचुली १ कल्खेका ५२ घरधुरीलाई दशैको महाअष्टमीको अवसरमा चामल, तेल र सल वितरण गरिएको आयोजक संस्था एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्रका सचिव नवराज महताराले जानकारी दिए ।
महालक्ष्मी विकास बैंकको आर्थिक सहयोगका प्रति घरधुरी चामल र खाने तेल वितरण गरिएको कार्यक्रममा मञ्जु रावलको पहलमा दलित महिलालाई सल समेत वितरण गरिएको आयोजक संस्था एकिकृत सामुदायिक विकास तथा अनुसन्धान केन्द्र हुम्लाले जनाएको छ ।







