हुम्लाबाट प्रतिनिधि सभा निर्वाचनका लागि कांग्रेसका उम्मेदवार सिफारिस

जनता संवाददाता
२०८२ पुष १३ गते, आईतवार

हुम्ला । नेपाली कांग्रेस हुम्लाले आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य (प्रत्यक्ष र समानुपातिक) निर्वाचनका लागि उम्मेदवारहरूको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस हुम्लाको २०८२ मंसिर २५ गते बसेको बैठकले जिल्लाबाट विभिन्न तहका निर्वाचनका लागि उम्मेदवारहरूको नाम कर्णाली प्रदेश कार्य समितिमा सिफारिस गरिएको हो ।

प्रतिनिधि सभा सदस्यका लागि प्रत्यक्षतर्फ जीवन बहादुर शाही, जयपती रोकाया र रिता शाही को नाम सिफारिस गरेको छ। पार्टी केन्द्रीय कार्यालयबाट जारी परिपत्रमा राष्ट्रिय सभा, प्रदेश सभा तथा स्थानीय तहका बहालवाला जनप्रतिनिधिहरूलाई उम्मेदवारका रूपमा सिफारिस नगर्न निर्देशन दिएको भएपनि निर्देशनलाई बेवास्ता गर्दै जीवन बहादुर शाहीलाई सिफारिस गरेको हो ।

त्यस्तै प्रतिनिधि सभा सदस्य समानुपातिक तर्फ बल बहादुर लामा, तारा बहादुर लामा र रम्बा शाहीको नाम सिफारिस गरिएको छ।

त्यस्तै राष्ट्रिय सभा सदस्य (खुला) तर्फ पदम बहादुर लामा एकल रूपमा सिफारिस गरिएको छ। राष्ट्रिय सभा सदस्य (महिला) तर्फ भने रंगमती शाही र सबिता बुढा को नाम सिफारिस गरिएको छ।

प्रकाशित मिति : २०८२ पुष १३ गते, आईतवार


Scroll to Top

Janata Media