कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, पक्षमा ८६

जनता संवाददाता
२०८० कार्तिक १ गते, बुधबार

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विश्वासको मत पाएका छन् ।

कार्कीको पक्षमा ८६ र विपक्षमा ५ मत प्राप्त भएको हो । राप्रपाका एक सांसद भने अनुपस्थित रहेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री कार्कीलाई एमालेका ३९, कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा (एकीकृत समाजवादी) का ४ र जसपाको १ सांसदले विश्वासको मत दिएका हुन् ।

कार्की गत शनिबार नियुक्त भएका हुन् ।

प्रकाशित मिति : २०८० कार्तिक १ गते, बुधबार


Scroll to Top

Janata Media