हुम्ला । बुधबार दिउँसो भिरबाट लडेर एक जना १७ वर्षीय युवतीको मृत्यु भएको छ । वनमा पशु चराउन जानेक्रममा युवती भिरबाट लडेपछि मृत्यु भएको हो ।
भिरबाट लडेर मृत्युु हुनेमा सिमकोट गाउँपालिका –८ को खोल्सी गाउँकी सुस्मिता शाहीको मृत्यु भएको आफन्त बिर्जन सिंहले बताए ।
आज पशु चराउन दुधु वनमा गएको र पशु भिरमा चर्न गएका बेला फर्काउन जाँदा भिरबाट लडेर घटना स्थलमै उनको मृत्यु भएको उनले बताए । मृतक शाही गत वर्षको एसईईमा उत्तीर्ण भइ हाल कर्णाली मावि चौगाफयामा कक्षा ११ मा अध्ययनरत थिईन् ।







