हुम्ला । हुम्लामा तिन दलले संविधान र लोकतन्त्रको रक्षाका लागि भन्दै एक विज्ञप्ति सार्वजनिक गरेका छन् । देशको पछिल्लो राजनीतिक घटनाक्रमलाई ध्यान दिँदै सदरमुकाम सिमकोटमा बसेको नेकपा एमाले, नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) र नेपाली कांग्रेसको संयुक्त बैठकले एक विज्ञप्ति सार्वजनिक गरेका हुन् ।
संयन्त्रको बैठकले भाद्र २३ र २४ गतेका दिन काठमाडौँ र अन्य शहरमा भएको जेन–जी आन्दोलनमा सहादत प्राप्त गर्ने सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
यो सँगै यसअघि हुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सहितको सर्वदलिय संयन्त्र बनेको थियो । तर यो विषम परिस्थितिमा तिन दलले राप्रपा, रास्वपा लगायतका दललाई वाईपास गर्दै विज्ञप्ति निकालेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), हुम्लाका अध्यक्ष विकास बहादुर महतको आफुलाई जानकारी नै नदिई तिन दलिय संयन्त्र बनाएको र उनीहरुको दम्भले देशमा विषम स्थिति सिर्जना भएको आरोप छ ।
नेपाली कांग्रेसका जिल्ला उपसभापति बसन्त रोकायाले आफुले केही दिनअघि विकास महतलाई संयुक्त बैठक बसौं भनेर भनेको तर महतले आफ्ना सांसदले राजिनामा दिईसकेका र केही समय सोच्नु पर्ने भनेकाले आज तिन दलले मात्रै विज्ञप्ति निकालेको तर अन्तमा आफुहरु एक भएर जाने दावी समेत गरे । उनले अन्य दललाई समेत सँगै लिएर अगाडी बड्ने बताएका छन् ।
यस्तो छ विज्ञप्तिः








