हुम्लाको चंखेलीमा ६० किलोवाट क्षमताको जलविद्युत निर्माण हुँदै

जनता संवाददाता
२०८० मंसिर १९ गते, मंगलवार

मोहनसिंह बुढा, हुम्ला । जिल्लाको चंखेली गाउँपालिकाको नेक्पामा ६० किलोवाट क्षमताको जलविद्युत वापर हाउसको उद्धघाटन गरिएको छ । गाउँपालिकाको वडा नम्बर ५ स्थित नेक्पामा मंगलबार एक कार्यक्रमका बिच उद्धघाटन गरिएको हो ।

गाउँपालिका केन्द्र पिप्लाङ देखि एक दिन पैदल हिँडेर पुगिने वडा नम्बर ५ को नेप्का गाउँमा कादुरी एग्रीकल्चर एण्ड एशोसिएसन् ब्रिटिश गोर्खा नेपालद्वारा निर्मित नेप्का लघुजलविद्युत आयोजना ६० किलोवाट को समुदघाटन कार्यक्रम सम्पन्न भएको गाउँपालिका अध्यक्ष प्यारिलाल शाहीले जानकारी दिए ।

उनका अनुसार अन्त्रराष्ट्रिय कादुरी एग्रीकल्चर एण्ड एशोसिएसन ब्रिटिस गोर्खा नेपालको आर्थिक सहयोगमा निर्माण हुन लागेको हो । सो ६० किलोवाट क्षमता रहेको जलविद्युतले वडा नम्बर ५ मा मात्र नभइ अन्य वडामा समेत उज्यालो सेवा प्रवाह गर्ने भएको छ ।

यस अघि पनि कादुरी संस्थाले जिल्लाको एक ठाउँ संगै कर्णालीका धेरै ठाउँमा निर्माण कार्य थालेको ६ महिनामा काम सम्पन्न गरेको थियो । गाउँपालिकामा पनि काम संञ्चालन भएको ६ महिनामा निर्माण कार्य सम्पन्न गर्ने कादुरी एग्रीकल्चर एण्ड एशोसिएसन् ब्रिटिश गोर्खा नेपालका टेक्निकल डाइरेक्टर डां नारायण गुरूङले बताए ।

गाउँपालिकामा उद्गाटन गरिएको लघुजलविद्युत उद्घाटन कार्याक्रममा गाउँपालिका उपाध्यक्ष प्रेमलाल शाही, ५ नम्बर वडा अध्यक्ष हर्कधन तामाङ्ग, उक्त संस्थाका राष्ट्रिय डाइरेक्टर एन्डो मिन्साब, टेक्निकल डाइरेक्टर डा।नारायण गुरूङ लगायत स्थानियको उपस्थितमा उद्धघाटन कार्य गरिएको होे । सोमबार सोही सस्थाले गाउपालिकाको नेक्पामा हेलिकप्टर ल्याण्ड गरेर उद्घाटन गरेर फर्किएको छ ।

प्रकाशित मिति : २०८० मंसिर १९ गते, मंगलवार


Scroll to Top

Janata Media