काठमाडौं । प्रहरीले दुर्लभ वन्यजन्तु सालकको खपडासहित तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक मिलन केसीका अनुसार वन्यजन्तु सालकको खपडा बेचबिखन गर्न हिडिरेहका छन् । भन्ने गोप्य सूचनाको आधारमा स्थायी घर दोलखा भएका २० वर्षीय अमृत लामा, २५ वर्षीय विशाल बस्नेत र २७ वर्षीय सुकविर तामाङलाई पक्राउ गरिएको छ ।
उनीहरुसहित चेकजाँच गर्ने क्रममा ४४ ईन्च लम्बाइ, २१ इन्च चौडाइ रहेको खुट्टाको नङ्ग्रासहितको सालको खपडा र छाला जस्तो देखिने वस्तु बरामद गरी आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।







