काठमाडौँ । नायिका पूजा शर्माले पल शाहले आफ्नी बहिनी रजनीको विवाहमा निमन्त्रणा नदिएको बताएकी छन्। एक कुराकानीका क्रममा पूजाले आफूलाई पलकी बहिनीको विवाहको निमन्त्रणा नआएको बताएकी हुन्।
एक कुराकानीका क्रममा पूजा शर्मालाई पलकी बहिनीको विवाहका बारेमा प्रश्न गरीएको थियो। सो प्रश्नको जवाफ दिनेक्रममा उनले निमन्त्रणा नआई जाने कुरा भए न भन्ने जवाफ दिइन्।
“मलाई दुई दिन अगाडि मात्रै थाहा भएको थियो । धेरैजनाले पलको बहिनीको बिहेमा नजाने भनेर सोध्नुभयो । मलाई त कार्ड नै आएको थिएन । कसरी जाने रु मान नमान मै तेरो मेहेमानजस्तो गर्नु त भएन नि”,पूजाले भनिन्।
केहि दिन अगाडी मात्र पल शाहकी बहिनीको विवाह सम्पन्न भएको थियो। सो विवाहमा चर्चित कलाकार देखि पत्रकार सम्म उपस्थित भएका थिए। तर सो क्रममा पूजा भने देखिएकी थिइनन्।
विभिन्न रिपोर्टहरुका अनुसार पूजा र पल बीच पछिल्लो समय सम्बन्ध त्यति राम्रो छैन। दुई बीच किन सम्बन्द चिसिएको भन्ने बारे दुवैले अहिले सम्म खुलाएका छैनन्।







