काठमाडौँ । काठमाडौँको गोठाटारमा सोफा कारखानामा आगलागी भएको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ स्थित सोफा कारखानामा आगलागी भएको वडाध्यक्ष अनिल थापाले जानकारी दिए ।
आगो निभाउन ५ वटा दमकल प्रयोग गरिएको छ । प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी शिवराज बुढाथोकीको नेतृत्वमा सुरक्षाकर्मीहरुले आगो निभाउने प्रयास गरिरहेका छन् । आगलागीबाट सोफा कारखाना पूर्णरुपमा जलेको छ ।
सोफा कारखाना पुरै ध्वस्त भएको छ । करोडौँको क्षति भएको अनुमान छ ।







