इजराइल–हमास युद्धः सर्वाधिक रक्तपातपूर्ण र विनाशकारी युद्ध

जनता संवाददाता
२०८० माघ १ गते, सोमबार

जेरुसेलम । एक सय दिन पुरानो पछिल्लो इजराइल–हमास युद्ध कट्टर दुश्मनबीचको अहिलेसम्मको सबैभन्दा लामो, सबैभन्दा रक्तपातपूर्ण र सबैभन्दा विनाशकारी युद्ध हो ।

हमासले दक्षिणी इजराइलमा अक्टोबर ७ मा घातक आक्रमण गरेपछि युद्ध सुरु भएको हो । त्यसबेलादेखि इजराइलले लगातार गाजापट्टीमा हवाई र स्थल आक्रमण गरेको छ । युद्धले अभूतपूर्व विनाश भएको छ र सम्पूर्ण छिमेकी समतल बनाएको छ ।

संयुक्त राष्ट्रसङ्घका अनुगमनकर्ताहरूका अनुसार इजराइली आक्रमणले गाजामा अधिकांश प्यालेस्टिनीहरूलाई विस्थापित गरेको छ भने गाजाका आधाभन्दा धेरै अस्पताल सञ्चालन बन्द भएको छ र ठूलो मात्रामा भोकमरी उत्पन्न गरेको छ ।

इजराइली सेनाले भीषण हिंसाबाट प्रभावित उत्तरमा कारबाहीलाई घटाएको बताएको छ तर दक्षिणमा उसले आफ्नो सम्पूर्ण शक्ति लगाएको छ । दक्षिण गाजामा हमासको नेता लुकेर बसेको इजराइली सेनाको भनाइ छ । यसैबीच युद्ध सुरु भएपछि लेबनानका हिजबुल्लाह मिलिसिया र इजराइल करिब प्रत्येक दिन सीमा पार झडपहरूमा संलग्न भएका छन् ।

प्यालेस्टिनी स्वास्थ्य मन्त्रालय र इजराइली अधिकारीहरूका साथै अन्तर्राष्ट्रिय पर्यवेक्षक र सहायता समूहहरूबाट प्राप्त इजराइल–हमास युद्धमा मारिनेहरूको सङ्ख्या प्रस्तुत गरिएको छ ।

कूल मृत्यु
गाजामा मारिएका प्यालेस्टिनीको सङ्ख्याः २३ हजार आठ सय ४३
इजराइलमा मारिएका मानिसको सङ्ख्याः एक हजारभन्दा धेरै
पश्चिम किनारमा मारिएका प्यालेस्टिनीको सङ्ख्याः तीन सय ४७

गैरसैनिक
गाजामा मारिएका सर्वसाधारणः युद्धमा मारिएका सर्वसाधारणको सङ्ख्या अज्ञात छ । मारिएका मानिसमा महिला तथा बालबालिकाकाको सङ्ख्या अनुमानित दुई तिहाइ छ ।
अक्टोबर ७ मा इजराइलमा मारिएका सर्वसाधारणको सङ्ख्याः सात सय ९०
गाजामा संयुक्त राष्ट्रसङ्घका कर्मचारी मारिएको सङ्ख्याः एक सय ४८
गाजामा स्वास्थ्यकर्मी मारिएको सङ्ख्याः कम्तीमा तीन सय ३७
गाजामा मारिएका पत्रकारको सङ्ख्याः ८२

सैनिक लडाकू
अक्टोबर ७ मा मारिएका इजराइली सैनिकको सङ्ख्याः तीन सय १४
इजराइलद्वारा मारिएका लडाकूको सङ्ख्याः आठ हजारभन्दा बढी
गाजामा स्थल कारबाहीमा मारिएका इजराइली सैनिकको सङ्ख्याः एक सय ८८
उत्तरी मोर्चामा मारिएका इजराइली सैनिकको सङ्ख्याः नौ
गाजा र उत्तरमा मैत्रीपूर्ण गोलाबारी वा ‘दुर्घटनाहरू’ मा मारिएका इजराइली सैनिकको सङ्ख्याः २९

गाजामा विनाश र मानवीय स्थिति
गाजाको सम्भावित क्षतिग्रस्तरनष्ट भवनहरूको प्रतिशतः ४५ देखि ५६ प्रतिशत
गाजामा आंशिकरूपमा काम गरिरहेका अस्पतालः १५-३६
‘विपत्तिजनक भोक र भोकमरी’ को सामना गरिरहेका प्यालेस्टिनी नागरिकको सङ्ख्याः पाँच लाख ७६ हजार छ सय (जनसङ्ख्याको २६ प्रतिशत)
गाजामा क्षतिग्रस्त स्कुल भवनहरूको प्रतिशतः ६९ प्रतिशतभन्दा बढी
क्षतिग्रस्त मस्जिदः एक सय ४२
क्षतिग्रस्त चर्चः तीन
क्षतिग्रस्त एम्बुलेन्सः एक सय २१
विद्यालयबाहिर विद्यार्थीः छ लाख २५ हजार (शत प्रतिशत)

घाइतेहरू
गाजामा घाइते प्यालेस्टिनीको सङ्ख्याः ६० हजार पाँच
पश्चिम किनारमा घाइते प्यालेस्टिनीको सङ्ख्याः चार हजारभन्दा धेरै
घाइते कूल इजराइलीको सङ्ख्याः १२ हजार चार सय १५
स्थल आक्रमणमा घाइते हुने इजराइली सैनिकको सङ्ख्याः एक हजार ८५
अक्टोबर ७ देखि अहिलेसम्म घाइते हुने इजराइली सैनिकको सङ्ख्याः दुई हजार चार सय ९६

विस्थापन
गाजामा विस्थापित प्यालेस्टिनीको सङ्ख्याः १९ लाख (गाजाको जनसङ्ख्याको ८५ प्रतिशत)
उत्तरी र दक्षिणी सीमा समुदायबाट विस्थापित इजराइलीको सङ्ख्या स् दुई लाख ४९ हजार दुई सय ६३ (जनसङ्ख्याको दुई दशमलव छ प्रतिशत)

बन्धक र कैदी
अक्टोबर ७ मा हमासद्वारा बन्धक बनाइएकाको सङ्ख्या स्करिब दुई सय ५०
रिहा गरिएका बन्धकको सङ्ख्याः एक सय २१
अक्टोबर ७ मा बन्धक बनाइएका पट्टीमा रहेकाको सङ्ख्याः एक सय ३२
(क) एक सय ११ पुरुष, १९ महिला र दुई बालबालिका
(ख) एक सय २१ इजराइली र ११ विदेशी
मारिएका वा हमासको कैदमा मारिएका बन्धकको सङ्ख्याः ३३
युद्धमा एक साताको विरामका क्रममा रिहा गरिएका प्यालेस्टिनी कैदीको सङ्ख्याः दुई सय ४०

हतियार
इजराइलका तर्फबाट प्रक्षेपित रकेटको सङ्ख्याः १४ हजार
रासस/एपी

प्रकाशित मिति : २०८० माघ १ गते, सोमबार


Scroll to Top

Janata Media