काठमाडौँ । राष्ट्रिय सभाका सदस्य नरपति लुवारले योजना मिलाईदिने भन्दै एक अर्को व्यक्तिबाट पनि झण्डै एक लाख रुपिँया ठगि गरेको खुलेको छ । हुम्लाको अदानचुली गाउँपालिका वडा नं ६ का हर्क बुढाबाट रु १,००,००० (एक लाख) ठगि गरेकोे खुलेको हो ।
सांसद लुवारले करिब एक वर्ष पहिले योजना मिलाईदिने भन्दै हर्क बुढाबाट एभरेष्ट बैँकमा रहेको आफ्नो खातामा रकम जम्मा गर्न लगाएका थिए । बुढाले २०७९।११।२६ गते शुक्रवार ४५,०००(रु.पैचालिस हजार) र २०७९।१२।०५ गते आइतवार ५०,००० (रु.पचास हजार) गरी जम्मा ९५,००० (रु.पन्चानब्बे हजार) सांसद लुवारको एभरेष्ट बैकमा रहेको बैँक खाता नम्बर ००१२०५१६२००७५५ मा जम्मा गरेका थिए ।
लुवारले योजना मिलाईदिन्छु भनेर पटक पटक आफ्नो खातामा पैसा जम्मा गर्न भनिसकेपछि आफुले उसको खातामा जम्मा गरेको पिडित हर्क बुढाले बताए । ‘नरपति लुवारले बेला बेला पैसा हाल्दिनु भनेर फोन गरेको गरै गरे । अनि मैँले दुईपटक गरी झण्डै १ लाख उसको खातामा जम्मा गरेको हुँ । अहिले ऊ सम्पर्क विहिन छ ।’ जनता मिडियासँग उनले भने ।
यसअघि लुवारले योजना मिलाईदिने भन्दै हुम्लाको हुम्लाकै अदानचुली गाउँपालिका वडा नं ४ का सुरेश बुमी र वडा नं ६ का मोहन बुढाबाट गरी जम्मा ३ लाख ठगेको जनता मिडियामा प्रकाशन भएपछि उनले समाचार प्रकाशन भएको ८ दिनपछि रकम फिर्ता गरेका थिए ।
उनी नेकपा एमाले कालिकोटका राष्ट्रिय सभा सदस्य हुन् । उनले अन्य धेरै व्यक्तिबाट योजना मिलाईदिने भन्दै रकम असुली गरेको आरोप छ ।
भौचर हेर्नुहोस्:


यो पनि पढ्नुहोस्:
योजना मिलाईदिन्छु भन्दै राष्ट्रिय सभा सदस्यले लिए तिन लाख कमिसन
राष्ट्रिय सभाका सांसद नरपति लुवारले योजना मिलाईदिन्छु भन्दै गरेको कमिसनको खेल!
राष्ट्रिय सभा सांसद नरपति लुवारले योजना मिलाईदिन्छु भन्दै गरेको कमिसनको पर्दाफास







