ललितपुरका नापी सर्वेक्षक यादव एक लाख बढी घुस सहित पक्राउ

जनता संवाददाता
२०८० माघ १० गते, बुधबार

काठमाडौँ । नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवसहित तीन जनालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित पक्राउ गरेको छ ।

नापी सर्वेक्षक रामवीर यादव, लेखापढी व्यवसायी दिनेश बन्जरा र विनोद अधिकारीलाई दुई लाख ५० हजार घुससहित मङ्गलवार कार्यालय परिसरबाटै पक्राउ गरिएको आयोगको कार्यालयले जनाएको हो । घुस मागिरहेको सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको अख्तियारले जनाएको छ ।

उनीहरू माथि थप अनुसन्धान सुरु गरिएको आयोगले जनाएको छ ।

प्रकाशित मिति : २०८० माघ १० गते, बुधबार


Scroll to Top

Janata Media