मुगुमा भिरबाट लडेर बालिकाको मृत्यु

जनता संवाददाता
२०८० चैत्र २२ गते, बिहीबार

मुगु । मुगुमा भिरबाट लडेर एक बालबालिकाको मृत्यु भएको छ। छायानाथ रारा नगरपालिका–९ मुर्मा बस्ने अन्दाजी १२ वर्षीया भूमिका रोकायाको बिहीबार बिहान भिरबाट लडेर मृत्यु भएको हो।

भूमिका बिहान नुहाउन भनेर घरबाट हिँडेकी थिइन्। छायानाथ रारा नगरपालिका–२ चैना खोलातर्फ जाँदै गर्दा उनी चैन भिरबाट करिब ३० मिटर तल गमगढी पिना सडकखण्डमा खस्न पुगिन्।

जिल्ला प्रहरीले कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक बीरेन्द्र थापाका अनुसार भिरबाट खसेकी उनलाई तत्काल उपचारका लागि एम्बुलेन्स मार्फत जिल्ला अस्पतालमा लगिए पनि अस्पताल पुर्‍याए लगत्तै उनको मृत्यु भएको हो।

उनको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल मुगुमा राखिएको छ।

प्रकाशित मिति : २०८० चैत्र २२ गते, बिहीबार


Scroll to Top

Janata Media