हुम्ला । नेकपा एमाले हुम्लाको दशौं जिल्ला अधिवेशनमा शिर्ष नेतृत्वले नेतृत्व छनोट गर्न नसक्दा चुनाव भएर अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । आइतबार साँझ ५ बजेबाट मतदान भएर राती मतगणना भएकोमा जिल्ला नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा उत्रिएका थिए ।
अध्यक्षमा बुमी १ सय २४ मत प्राप्त गरेर अध्यक्ष पदमा निर्वाचीत भएका हुन् । भने उनका निकटतम् प्रतिद्धन्दी डबल रावतले एक सय १९ मत प्राप्त गरे । बुमीको प्यानल नै उपाध्यक्ष, सचिव, महिला उपसचिव र खुल्ला उपसचिवको पदाकारी पदमा निर्वाचीत भएका छन् ।
सबै भन्दा बढी लोकप्रिय मत पाएर प्रकाश बहादुर शाही उपाध्यक्षमा निर्वाचीत भए। उपाध्यक्षमा शाहीले १ सय ६२ मतले निर्वाचीत भए । भने उनका निकटतम् प्रतिद्धन्दी उब्जन मल्ल ८० मत प्राप्त गरे । यस्तै सचिव पदमा तीर्थराज बोहरा १ सय ३९ मत ल्याएर निर्वाचित भए । भने उनका प्रतिस्पर्धी गोकुल बुढाले १ सय ३ मत प्राप्त गरे । खुल्ला उपसचिवमा प्रदिप लामाले १ सय ३३ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी बुध भण्डारी १ सय १ मत ल्याए । यस्तै महिला उपसचिवमा मञ्जु रावलले १ सय ३४ मत ल्याएर निर्वाचित भए । उनका प्रतिद्वन्द्वी बिमला कुमारी शाहीले ९५ मत प्राप्त गरिन् ।
जिल्लाबाट नेतृत्व गर्ने केन्द्रिय स्तरका नेता विभाजित भएको प्रष्ट देखिएको छ । एमाले केन्द्रीय सदस्यद्धय दल रावल र छक्क बहादुर लामा एक कित्तामा छन् । भने उनिहरुको प्यानलका निर्वाचीत जिल्ला अध्यक्ष बुमी सहितको टिम निर्वाचीत भएको छ । यस्तै एमाले केन्द्रीय सदस्य दल बहादुर फडेरा र स्थायी कमिटी सदस्य गोरख बहादुर बोगटीबाट समर्थन भएको रावत अध्यक्ष रहेको आफ्नो प्यालन सहित चिर्वाचनमा खडा भएको थियो । तर सबैले हारे ।







