बझाङ प्रदेशसभा–१(१) मा एमालेका भण्डारी विजयी

जनता संवाददाता
२०८१ बैशाख १७ गते, सोमबार

काठमाडौँ । नेकपा एमालेका उम्मेदवार दमन बहादुर भण्डारी बझाङ प्रदेशसभा–१ बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन् । उनले २६६ मतले प्रतिस्पर्धीलाई पछि पार्दै विजयी भएका हुन् । भण्डारीले ११ हजार ६१२ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरे ।

यसैगरी माओवादी केन्द्रका उम्मेदवार जनकबहादुर बुढाले ३ हजार ८३१ मत प्राप्त गर्नुभएको छ । सोहीअनुसार नेकपा (एकीकृत समाजवादी) का उम्मेदवार दिलबहादुर सिंहले २ हजार ५१४ मत प्राप्त गरेका छन् । भण्डारी विजयी भएपछि एमालेका कार्यकर्ता तथा शुभेच्छुकले विजयी उत्सव मनाउन सुरु गरेका छन् ।

प्रकाशित मिति : २०८१ बैशाख १७ गते, सोमबार


Scroll to Top

Janata Media