करेन्ट लागेर एकको मृत्यु

जनता संवाददाता
२०८१ बैशाख २७ गते, बिहीबार

काठमाडौं । धनुषामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बिहीबार बिहान ६ बजे बटेश्वर गाउँपालिका–२, रमौली टोलका ३० वर्षीय अमरेशकुमार महतोको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता रञ्जन अवाले घटनाको पूर्ण विवरण प्राप्त भइ नसकेको बताउँदै वन्यजन्तुबाट बालीनालीको सुरक्षाका लागि खेतबारीमा थापिएको विद्युतीय धराप (करेन्ट) मा परेर महतोको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको बताए ।

महतोको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ बैशाख २७ गते, बिहीबार


Scroll to Top

Janata Media