त्रिवि केन्द्रीय क्याम्पसको सभापतिमा नेविसंघका ओझा निर्वाचित

जनता संवाददाता
२०७९ चैत्र ५ गते, आईतवार

काठमाडौं । त्रिभुवन विश्वविधालयको केन्द्रीय क्याम्पस किर्तिपुरमा आइतबार भएको स्ववियु निर्वाचनमा नेपाल विधार्थी संघ(नेविसंघ) विजयी भएको छ।

आइतबार भएको निर्वाचनमा नेविसंघका श्यामराज ओझा सभापतिमा निर्वाचित भएका छन्।

उनले ९३२ मत प्राप्त गरी स्ववियु सभापति निर्वाचित भएका छन्।

उनका प्रतिद्वन्द्वी अनेरास्ववियुका प्रकाश विष्टले ६३१ मत प्राप्त गरे।

प्रकाशित मिति : २०७९ चैत्र ५ गते, आईतवार


Scroll to Top

Janata Media