गाडीले ठक्कर दिंदा ग्वार्कोमा मोटरसाइकलमा सवार एकको मृत्यु

जनता संवाददाता
२०८१ जेष्ठ १० गते, बिहीबार

काठमाडौँ । ललितपुर महानगरपालिका(१७ ग्वार्कोमा गाडीले ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सिराहा घर भई कोटेश्वर बस्दै आएका ३२ वर्षीय जयनाथ यादव रहेका छन् ।प्रदेश ०२-०१-००२ प ९१७५ नम्बरको मोटरसाइकललाई राति १० बजेतिर ग्वार्कोमा पहिचान नभएको गाडीले ठक्कर दिएको थियो ।

गाडीको ठक्करबाट गम्भीर घाइते भएका यादवलाई उद्धार गरी बी एन्ड बी अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव अस्पतालमै छ ।

सीसीटीभीको भिडियो हेर्दा मोटरसाइकललाई टिपरले ठक्कर दिएकोको जस्तो देखिएको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ १० गते, बिहीबार


Scroll to Top

Janata Media