हुम्ला । हुम्लामा लडेर एक जना युवाको मृत्यु भएको छ । खार्पूनाथ गाउँपालिका वडा नम्बर -२ का अन्दाजी २५ वर्षीय हिर रावलको मृत्यु भएको हो ।
बुधबार राति लगभग ११ बजे आफन्तको घरबाट आफ्नो घरमा सुत्न जाने क्रममा खर्कबाडामा पहिरो नियन्त्रणका लागि लगाएको ग्याबिनको पर्खालबाट लडेर रावलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले बताएको छ।
गाउँमा लगाईएको पर्खालबाट १० फिट तल खसेका रावल राती ११ बजेसम्म घर नआएपछि खोजी गर्दा पर्खालबाट लडेर मृतक अवस्थामा फेला परेको स्थानीयले बताए ।







