सिमकोट गाउँपालिकाको नवौँ गाउँसभा सम्पन्न, कृषि र पर्यटन प्राथमिकतामा

जनता संवाददाता
२०८१ असार १० गते, सोमबार

हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ४९ करोड २८ लाख ४५ हजार बजेट ल्याएको छ । गाउँपालिकाको नवौं गाउँसभाले सोमबार ल्याएको बजेटमा कृषि र पर्यटनलाई पहिलो प्राथामिकतामा राखेको छ । गाउँपालिकाले सोमबार ल्याएको बजेट तथा कार्यक्रममा ती क्षेत्रलाई प्राथमिकतामा राखेकोे हो । आगामी आर्थिक वर्षको बजेटले क्षेत्रगत रुपमा कृषिमा रैथाने बाली, फलफूल, पर्यटन क्षेत्र, आयआर्जन र पूर्वाधार विकासलाई प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष विजय भण्डारी (प्रतिरोध) ले बताए ।

बजेटमा शिक्षा ,स्वास्थ्य, पूर्वाधार निर्माण, रैथाने बाली प्रवर्द्धन, सूचना प्रविधिजस्ता कार्यक्रमलाई बजेटमा विशेष प्राथमिकता दिइएको बताए । गाउँसभामा गाउँपालिका अध्यक्ष भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै भने ।

गाउँपालिकाको नवौंँ गाउँसभामा उपाध्यक्ष सुशिला रोकाया(भाम)ले आर्थिक वर्ष ०८१/०८२ का लागि ४९ करोड २८ लाख ४५ हजारको बजेट प्रस्तुत गरेकी थिईन् । यसलाई आयतर्फ आन्तरिकमा एक करोड ७९ लाख पचास हजार, राजस्व बाँडफाँडबाट ९ करोड ३२ लाख ४९ हजार ३४५, सङ्घीय सरकारबाट अन्तर सरकारी वित्तीय हस्तान्तरण ३२ करोड २३ लाख ८६ हजार र प्रदेश सरकारबाट बित्तीय हस्तान्तरण पाँच करोड ९१ लख २४ हजार छ । उपाध्यक्ष रोकायाले सोमबार ल्याएको बजेट प्राथामिकतामा परेका क्षेत्रको जानकारी दिदै भनिन् ।

प्रकाशित मिति : २०८१ असार १० गते, सोमबार


Scroll to Top

Janata Media