हुम्ला । हुम्लाको अदानचुली गाउँपालिकामा कार्यरत लेखा शाखा प्रमुख दत्तबहादुर थापामाथि हातपात र ज्यान मार्ने धम्की दिएको पाइएको छ । आइतबार दिउँसो १ बजेको समयमा आफ्नै निवासमा काम गरिरहेको समयमा स्थानीय व्यक्तिहरु आएर हातपात गरेको पाइएको हो ।
यसरी लेखा प्रमुख थापामाथि हातपात गर्ने स्थानीय ब्यक्तिहरुमा मनोज फडेरा, गोर्ख फडेरा, उव्जन दमाई र रविन्द्र भण्डारी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै ती ब्यक्तिहरूले लेखा प्रमुख थापालाई ज्यान मार्ने धम्की समेत दिएको पनि उल्लेख छ । विज्ञप्तीमा घटनाको भत्सर्ना समेत गरेको छ ।
आइतबार बेलुका गाउँपालिका निमित्त प्रशासकीय अधिकृत हंस महताराद्वारा जारी विज्ञप्तिका अनुसार कार्यालयमा जोडिएको इन्टरनेटमा समस्या आएको कारण शुत्र सरवरले काम नगरेको कारण काम गर्न नपाएपछि कार्यालयकै पञ्जिकरण शाखामा जोडिएको ऐभरेष्ट इन्टरनेटबाट लेखा प्रमुख थापाले आफ्नै निवासमा लेखाको काम गरी रहेको समयमा गाउँपालिकाभित्रका स्थानीय व्यक्ति आएर पहिले गालीगलौज गर्नुका साथै हातपात र पछि ज्यान मार्ने धम्की समेत दिएका छन् ।
विज्ञप्तीमा यस्ता आपत्तीजनक र निन्दनीय कार्य गर्ने ब्यक्तिहरूको खोजी गरी कानुनी दायरामा ल्याउन स्थानीय प्रशासनलाई आग्रह गरिएको छ ।
सो घटनाबाट कर्मचारीहरुमा काम गर्ने जागर मर्नुका साथै निरासा छाएको कारण सहज रुपमा काम गर्ने वातावरण निर्माणका लागि स्थानीय सरकार र सम्बद्ध सबै पक्षलाई विज्ञप्ती मार्फत आग्रह गरिएको छ ।
यसरी लेखा प्रमुख थापा माथि हातपात गर्ने स्थानीय ब्यक्तिहरुमा मनोज फडेरा, गोर्ख फडेरा, उव्जन दमाई र रविन्द्र भण्डारी रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै ती ब्यक्तिहरूले लेखा प्रमुख थापालाई ज्यान मार्ने धम्की समेत दिएको पनि उल्लेख छ । विज्ञप्तीमा घटनाको भत्सर्ना समेत गरेको छ ।
आर्थिक वर्षको अन्त्यतिर यस्तो खालको व्यवहारले प्रत्यक्ष जनतामा असर पुगेको छ ।







