यो वर्ष प्रधानमन्त्री बनिँदैन : अध्यक्ष ओली

जनता संवाददाता
२०८१ असार १८ गते, मंगलवार

काठमाडौं, । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल प्रधानमन्त्री बन्ने अवस्था नरहेको बताएका छन् । सोमबार संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेको जिज्ञासाको जवाफमा उनले सो कुरा बताउनु भयो ।

‘तपाईँ प्रधानमन्त्री बन्ने चर्चा छ नि, शपथ कहिले हुन्छ ?’ सञ्चारकर्मीको जिज्ञासामा अध्यक्ष ओलीले भने, “मलाई त्यस्तो लागेको छैन, यो वर्ष प्रधानमन्त्री बन्ने अवस्था छैन ।” देश र जनताले तपाईँलाई प्रधानमन्त्रीको रूपमा देख्न चाहेका छन् भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले भने, ‘जनताको सदिच्छा हुनु राम्रो कुरा हो । तर अहिले त्यो अवस्था छैन ।

प्रकाशित मिति : २०८१ असार १८ गते, मंगलवार


Scroll to Top

Janata Media