
काठमाडौँ । स्थानीय तह निर्वाचनमा उम्मेदवार भई खर्चको विवरण तोकिएको समयावधिभित्र नबुझाउने उम्मेदवारहरूले कात्तिक ५ सम्म जरिवाना रकम बुझाएमा प्रतिनिसभा र प्रदेशसभाको बन्दसूचीमा उम्मेदवार कायम रहने भएको छ । खर्चको विवरण नबुझाएकाहरू बन्दसूचीमा रहेकाले आयोगले ५ गतेसम्मको समय दिएको हो ।
जरिवाना वापतको रकम नवुझाउने उम्मेदवारहरूको हकमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीबाट नाम हटाउन समानुपातिक निर्वाचन प्रणाली मुख्य निवाचन अधिकृतको कार्यालयलाई निर्देशन दिने निर्णय आयोगले गरेको छ ।