राष्ट्रपतिद्वारा प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान

जनता संवाददाता
२०८१ असार २९ गते, शनिबार

काठमाडौं, । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेश गर्न आह्वान गर्नु भएको छ । राष्ट्रपति कार्यालयका अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि यो आह्वान भएको हो ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई नेपालको प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका आह्वान गरेका हुन् ।

दाबी पेश गर्न असार ३० गते आइतबार अपरान्ह ५ बजेसम्मको समय दिइएको छ ।

 

प्रकाशित मिति : २०८१ असार २९ गते, शनिबार


Scroll to Top

Janata Media