हुम्ला । सर्वदलीय संयन्त्र, हुम्लाको पत्रकार सम्मेलन सम्पन्न भएको छ । सुशासन र विकासको निगरानी राख्न हुम्लामा गठित सर्वदलीय संयन्त्रको पत्रकार सम्मेलन सम्पन्न भएको हो ।
संयन्त्र गठन गरेको एक वर्ष पुगेको अवसरमा पत्रकार सम्मेलन गरिएको हो ।
सर्वदलीय संयन्त्र, हुम्लाले एक वर्षमा गरेका कार्यहरु हेर्नुस्
क) राष्ट्रिय गौरवका आयोजना अन्र्तगतको कर्णाली कोरिडोर सडक निर्माण कार्यमा असजिलो भीरका गौडा छिबोल्न नेपाली सेनालाई जिम्मेवारी दिन सहजीकरण गरेकी र निम्न कम्पनीलाई समयमा नै सडक निर्माण कार्य सम्पन्न गर्न ध्यानाकर्षण गरेको ।
ख) जनता र SEE विद्यार्थीहरुलाई मध्यनजर गरी हेत्यक्ष जलविद्युत आयोजनालाई लोडसेडिङ्ग कम गर्न ध्यानकर्षण गराएको ।
ग) यातायातको एक मात्र साधन हवाई जहाजको उडान १२ बजे पछि नगर्ने क्यानको निर्णयका विरुद्ध सबै दलको अगुवाईमा विरोध तथा आन्दोलनका कार्यहरु गरी पहिलाकै समयमा हवाई सेवा सुचारु गर्न पहल गरेको ।
घ) विकासलाई पारदर्शी र प्रतिफलमुखी बनाउन सम्बन्धित निकायहरुलाई घचघच्याउने कार्य गरेको ।
ङ) टेलिकम र विद्युत सेवामा पटकपटक अवरोध आई सेवा प्रवाहमा भएको समस्यालाई समाधान गर्न सम्वन्धित निकायहरुलाई समन्वय र सहकार्य गर्न जोड दिएको ।
च) प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक राखी सबै कार्यालयहरु बिच सुशासन, सेवा प्रवाह र विकासका कार्य बारे छलफल गराएको ।
छ) गत आ.व.को प्रगती समिक्षा र चालु आ.व.को कार्यक्रम तथा कार्ययोजनाका वारेमा छलफलका लागि समन्वय गरेको ।
ज) जिल्लामा भएका विकास निर्माणका कार्यहरु र अन्य साझा सवालहरुमा रचनात्मक तथा सकारात्मक सहयोग र सहकार्य गरीरहेको ।
झ) असार महिनाको २० गतेको अविरल वर्षाका कारण सिमकोट गाँउपालिकाको हेप्का खोलामा रहेको सवारी साधन, मानिस तथा पशुचौपाया आवतजावत गर्ने काठे एन वाढीले बगाएकोले सो काठेपुल पुनः निर्माण गर्न र गराउन सर्वदलिय संयन्त्रले मुख्य भुमिका निवर्वाह गरेको ।
ञ) दलहरुका विगतका तिता अनुभवहरुलाई आत्मसात गरेर सहमती, सहकार्य र राजनैतिक संस्कार सृजनाका लागि सकारात्मक भुमिका निर्वाह गरेको ।
सर्वदलिय संयन्त्र, हुम्लाले गर्ने आगामी प्रमुख कार्यहरु हेर्नुस्
१) गाँउपालिका स्तरीय सर्वदलिय संयन्त्र गठन गर्ने।
२) जिल्लामा हुने समसामयिक विषयवस्तु र साझा सवालमा निरन्तर पैरवी गर्ने।
३) विकास र सुसाशनका लागि सम्वन्धित निकायहरु तथा सरोकारवालालाई ध्यानार्कषर्ण गराउने ।
४) संसदमा प्रतिनिधित्व गर्ने दलहरुलाई जिल्ला स्तरीय सर्वदलिय सयन्त्रमा सहभागी गराउने ।
५) महिनाको एक पटक सर्वदलिय संयन्त्रको बैठक बस्ने ।







