कपिलवस्तु दुर्घटना अपडेट :  गम्भीर सातलाई भैरहवा पठाइयो

जनता संवाददाता
२०८१ भाद्र १० गते, सोमबार

काठमाडौं । कपिलबस्तुको शिवराज नगरपालिका –१ बनकसबासास्थित भएको बस दुर्घटनाका सात जना गम्भीर घाइतेलाई थप उपचारका लागि भैरहवा पठाइएको छ ।

जिल्ला ट्राफिक कार्यालय कपिलबस्तुका प्रहरी निरीक्षक अनिश भण्डारीका अनुसार सुर्खेतदेखि बुटवलतर्फ जाँदैगरेको लु २ ख १५९८ नम्बरको बस बनकसबासामा दुर्घटना भएको थियो ।

दुर्घटनामापरी गम्भीर घाइते भएका उनिहरुलाई थप उपचारका लागि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा लगिएको छ ।  बसमा चालकसहित २४ जना रहेको प्रहरी निरीक्षक भण्डारीले बताए ।

घाइतेमध्ये २ जनाको चन्द्रौटास्थित आधारभूत अस्पताल र १५ जनाको चन्द्रौटास्थित सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ । बसचालक भने प्रहरीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ । मोटरसाइकललाई बचाउने क्रममा सो बस तल गएर पल्टिएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २०८१ भाद्र १० गते, सोमबार


Scroll to Top

Janata Media