काठमाडौं । झरना छहरा खोलाले बगाउँदा दुई युवा बेवत्ता भएका छन् । कपिलवस्तु बाणगंगा –२ का २९ वर्षीय उमेश पौडेल र सोही स्थानका वर्ष २४ का किशोर रास्कोटीलाई खोलाले बगाउँदा बेपत्ता भएका हुन् ।
अर्घाखाँचीको शितगंगा नगरपालिका –१३ र १४ सिमलपानीको बिचमा पर्ने छहारामा फोटो खिच्नेक्रममा छहराले बगाएको हो । मंगलबार दिउँसो घुम्न आएका चार जनालाई बगाएको भए पनि २ जना बाँच्न सफल भए पनि दुई जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रतिकसिंह राठौरले जानकारी दिए ।







