लुम्बिनी प्रदेशका वन मन्त्रीद्वारा राजीनामा

जनता संवाददाता
२०८१ भाद्र २५ गते, मंगलवार

कपिलवस्तु । लुम्बिनी प्रदेशका वन मन्त्री बादशाह कुर्मीले मन्त्री पदबाट राजीनामा दिएका छन् ।

उनले मङ्गलबार मुख्यमन्त्री चेत नारायण आचार्य समक्ष राजीनामा बुझाएका हुन् । मन्त्री कुर्मीले बुधबारदेखि लागु हुनेगरी राजीनामा दिएको मुख्यमन्त्री आचार्यले बताए ।

बाँकेकी निर्मला कुर्मीलाई बेपत्ता तथा अपहरण पार्ने कार्यमा संलग्न रहेको आरोप कुर्मी माथि छ । अपहरण र बेपत्ता पार्ने कार्यमा संलग्न रहेको आरोप लागेका कुर्मीलाई मन्त्री बनाइएकोमा चर्को विरोध हुँदै आएको थियो ।

प्रकाशित मिति : २०८१ भाद्र २५ गते, मंगलवार