भक्तपुर केन्द्रविन्दु भएर ३.२ रेक्टरको अर्को भूकम्प

जनता संवाददाता
२०८० मंसिर १३ गते, बुधबार

काठमाडौँ । भक्तपुरको पलंसे केन्द्रविन्दु भएर ३ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको छ।

मंगलबार साँझ ८ बजेर ५० मिनेटको समयमा भुकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ।

यसअघि ८ बजेर ४५ मिनेटको समयमा सिन्धुपाल्चोक जिल्लाको ठूलोपखर केन्द्रविन्दु भएर ३ दशमलव ५ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित मिति : २०८० मंसिर १३ गते, बुधबार


Scroll to Top

Janata Media