रुपन्देहीमा बोरामा पोको पारेर फालेको अवस्थामा युवकको शव फेला

जनता संवाददाता
२०८१ भाद्र ३१ गते, सोमबार

काठमाडौँ । रुपन्देहीको तिलोत्तमामा बोरामा पोको पारेर फालेको अवस्थामा एक युवकको शव फेला परेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिलोत्तमा नगरपालिका-१३ चिलीया स्थित खेतबारीमा उक्त शव फेला परेको हो।

सोमबार बिहान खेतमा काम गर्न गएकाहरुले बोरामा पोको पारेर फालेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीका अनुसार अन्दाजी २५/२६ वर्षको जस्तो देखिने युवकको शव हत्या गरी फालेको अवस्थामा भेटिएको हो। शवको पोष्टमार्टमकालागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको छ।

शवको पहिचान खुल्न सकेको छैन। थप अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : २०८१ भाद्र ३१ गते, सोमबार


Scroll to Top

Janata Media