काठमाडौं । कालीकोटको खाँडाचक्र नगरपालिकाको शिक्षा शाखाले बिद्यालयस्तरको वक्तृत्वकला आयोजना गरी संविधान दिवस मनाएको छ ।
रास्कोट नगरपालिकामा देउडा खेलको आयोजना गरी दिवस मनाइएको छ । जुम्लामा पनि जिल्ला वाहिरका देउडा खेलेर दिवस मनाइएको छ । कालीकोटको नरहरीनाथ गाउँपालिकामा स्थानीय जात्रासँगै जोडेर दिवस मनाइएको छ । रास्कोट नगरपालिकाले बजेटको ब्यवस्था गरेर देउडा खेलको आयोजना गरेको छ ।
जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले सँस्कृतिलाई जोगाउन देउडाको आयोजना गरेको बताए । अध्यक्ष चौलागाईले पालिकासँग साझेदार गरिरहेको कर्णाली एकीकृत ग्रामीण बिकास तथा अनुसन्धान केन्द्र किर्डाक नेपालले संबिधान दिवस मनाउन सहयोग गरेको बताए ।







