विप्लव नेतृत्वको नेकपाले देशव्यापी विरोध प्रदर्शन गर्ने

जनता संवाददाता
२०७९ माघ २५ गते, बुधबार

काठमाडौँ । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपाले ५ र १५ फागुनमा देशव्यापी विरोध प्रदर्शन गर्ने भएको छ ।

आज बुधबार काठमाडौँमा केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्दै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले महंगी र चर्को व्याजदरविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्न लागेको जानकारी दिएका छन् ।

उनका अनुसार बैठकले जन आधारित पार्टी र जन आधारित नेता कार्यकर्ता भन्ने नीति पारित गरेको छ । जनताको सुख दुःखमा पार्टी पुग्ने भन्दै उनले भने, ‘मिटरब्याज, बैंक तथा लघुवित्तको चर्को ब्याजदरविरुद्ध ५ गते र चर्को महंगीविरुद्ध १५ गते देशव्यापी विरोध प्रदर्शन गर्नेछौं ।’

प्रकाशित मिति : २०७९ माघ २५ गते, बुधबार


Scroll to Top

Janata Media