संविधान दिवसका अवसरमा दरबारमार्गमा कन्सर्ट, प्रधानमन्त्री पनि सहभागी

जनता संवाददाता
२०८१ आश्विन ३ गते, बिहीबार

काठमाडौँ । संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारमार्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।

नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुुगेका हुन्। हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेको थियो।

सुुमधुर साँझमा कलाकारको प्रस्तुतिका प्रधानमन्त्री ओलीले संक्षिप्त शुभकामना दिँदै ‘हामी यस भव्य कन्सर्टको आनन्द लिइरहेका छौँ। अत्यन्त उल्लासका साथ कार्यक्रम भइरहेको छ। दिवसलाई भव्य ढङ्गले मनाउन आग्रह गर्छु। इन्जेय गर्नुस्। धेरै धेरै धन्यवाद’’ भने। उक्त कन्सर्ट बिहीबार दिउँसो ४ बजेदेखि सुरु भएको हो।

प्रकाशित मिति : २०८१ आश्विन ३ गते, बिहीबार


Scroll to Top

Janata Media