वीर अस्पतालमा एक वर्षमा छ लाखभन्दा बढी बिरामीको उपचार

जनता संवाददाता
२०८२ बैशाख २३ गते, मंगलवार

काठमाडौँ । वीर अस्पतालका निर्देशक प्रा.डा.दिलिप शर्माले एक वर्षमा छ लाखभन्दा बढीले बहिरङ्ग विभागबाट सेवा लिएको बताएका छन् ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), वीर अस्पतालको २३ औँ स्थापना दिवसका अवसरमा मङ्गलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले बताएका हुन् ।

उहाँका अनुसार अस्पतालले एक वर्षमा छ लाख ३५ हजार २८६ बहिरङ्ग विभाग, ३६ हजार १२२ जनाले आकस्मिक सेवा लिएका छन् ।

वीर अस्पतालका निर्देशक शर्माले एक वर्षमा अस्पतालबाट छ लाख ३५ हजार २८६ बहिरङ्ग विभाग, ३६ हजार १२२ जनाले आकस्मिक सेवा लिएको जानकारी दिए ।

भर्ना भई उपचार लिएका बिरामीको सङ्ख्या २० हजार ८९९ छ । उहाँका अनुसार विगत तीन वर्षमा वीर अस्पतालमा वहिरङ्ग सेवा लिने सेवाग्राहीको सङ्ख्या ३० हजारले बढेको छ । अन्तरङ्ग सेवामा समेत बिरामीको उल्लेखिय चाप रहेको छ ।

२२ हजार १८८ शल्यक्रिया प्रदान गरिएकोमा पाँच हजारभन्दा बढी ठुला सर्जरी गरिएको डा.शर्माको भनाइ छ ।

अस्पतालबाट सेवाग्राहीले आठ हजार ३९७ एमआरआई, १८ हजार ५९ सिटी स्क्यान, ८६ हजार ६०७, एक्स्रे, ६३ हजार २३ अल्ट्रासाउन्ड, यामोग्राम एक हजार ३६ जनाले सेवा लिएका छन् ।

अस्पताले यो वर्ष बर्न वाड सञ्चालनदेखि फार्मेसी सेवा विस्तार । आइसियु सेवा पूर्णमा सञ्चालन, बाथ मुटुरोग बिरामीको सुरुवात गरेको छ । अस्पतालले दीर्घकालीन दुखाई इमजेन्सीमा थप बेड थपेर ७० बेडको इमरजेन्सी बेड सुरु गर्ने योजना रहेको उनको भनाइ छ ।

अस्पतालले हाल ७२ बेडको आइसियू र ३८ बेडको एचडियू गरी, ९६६ शय्याबाट सेवा प्रदान गर्दै आएको छ ।

चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्रा.डा.भुपेन्द्र बस्नेतका अनुसार न्याम्सले २३ वर्षमा डीएमरएमसिएच, एमडीरएमएस र नर्सिङ लगायतका विषयमा ३६ सय जनशक्ति उत्पादन गरिसकेको छ ।

प्रकाशित मिति : २०८२ बैशाख २३ गते, मंगलवार


Scroll to Top

Janata Media