दसैं टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेटमा

जनता संवाददाता
२०८१ आश्विन ८ गते, मंगलवार

काठमाडौँ । यस वर्ष को टीका साइत बिहान ११ बजेर ३६ मिनेटमा जुरेको छ।

शुक्रबार पञ्‍चांग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजया दशमीका दिन बिहान ११ बजेर ३६ मिनेटको समय टीका ग्रहणका लागि उत्तम मानिएको छ।

विजया दशमी असोज २६ गते शनिबार परेको छ।

घटस्थापनाका लागि असोज १७ गते बिहीबार बिहान ९ बजेर १६ मिनेटको समय उत्तम रहेको पञ्चांग समितिले जनाएको छ।

टीका र प्रसाद ग्रहणका निम्ति साइतकै समय भने आवश्यक नपर्ने पनि समितिले उल्लेख गरेको छ।

प्रकाशित मिति : २०८१ आश्विन ८ गते, मंगलवार


Scroll to Top

Janata Media