स्व. तुलसी मेहेरको ४६ औँ स्मृति दिवस मनाइयो

जनता संवाददाता
२०८१ आश्विन ११ गते, शुक्रबार

काठमाडौँ । स्व. तुलसी मेहेरको ४६ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको छ । नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारक महागुठकिा संस्थापक स्व.तुलसी मेहेर श्रेष्ठको ४६ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइएको हो ।

महागुठीका अध्यक्ष उदय मोहन श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा मेहेर परिवारका सदस्य, प्रशिक्षार्थीहरु र समाजसेवीहरुको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको हो । सिलाई, बुनाई, पार्लर र खेलौना बनाउने विभिन्न १० जिल्लाका ५५ जना महिला प्रशिक्षार्थीहरु सहभागी थिए । उनीहरुले आफुले सिकेका सिपको प्रमाणपत्र समेत पाएका छन् ।

महागुठीका अध्यक्ष उदय मोहन श्रेष्ठको सभापतित्वमा भएको स्मृति दिवसको अवसरमा मेहेर परिवारका दिपक मेहेर, कार्य समिति सदस्य केशव प्रसाद चौलागाई र कार्यकारी प्रमुख प्रेम प्रसाद लामिछानेले मेहेर जीको जविनी र योगदानका बारेमा आफ्ना धारणाहरु राखेका थिए ।

प्रकाशित मिति : २०८१ आश्विन ११ गते, शुक्रबार


Scroll to Top

Janata Media