खोलाले बगाउँदा किशोर बेपत्ता

जनता संवाददाता
२०८१ आश्विन १२ गते, शनिबार

काठमाडौं । सर्लाहीको बागमती नगरपालिका–९, सक्रौल टोलमा खोलाले बगाएर एक किशोर बेपत्ता भएका छन् । शनिबार दिउँसो सोती खोला तर्नेक्रममा सोही ठाउँका सोगारथ महतोका छोरा १५ वर्षीय मुकेश महतोलाई बाढीले बगाएको हो ।

खोलाले बगाएर बेपत्ता किशोरको स्थानीय र प्रहरी भएर खोजी गरिरहेका छन् । बिहीबार साँझदेखिको अविरल वर्षा शनिबार दिउँसोबाट रोकिएपछि सर्लाहीको जनजीवन सामान्यतर्फ उन्मुख भएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन १२ गते, शनिबार


Scroll to Top

Janata Media