बञ्चरो प्रहार गरी श्रीमतीको हत्या

जनता संवाददाता
२०८१ आश्विन २६ गते, शनिबार

काठमाडौं । मुलुकमा दसैंको रमझम चलिरहेको बेला कैलालीका एक व्यक्तिले बञ्चरो प्रहार गरी आफ्नो श्रीमतीको हत्या गरेका छन् ।

चुरे गाउँपालिका –६ मल्लो ढुङ्गेनीका ५० वर्षीय डम्मरबहादुर चुनाराले गएराति आफ्नो श्रीमतीको हत्या गरेका हुन । प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार राति १ बजेतिर टाउकोमा बञ्चरो प्रहारबाट ४७ वर्षीया हीरादेवी चुनाराको ज्यान गएको छ ।

इलाका प्रहरी कार्यालय फल्टुडेबाट खटेको प्रहरी टोलीले बञ्चरो प्रहार गर्ने डम्मरलाई पक्राउ गरेको जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २०८१ आश्विन २६ गते, शनिबार


Scroll to Top

Janata Media