स्याङ्जामा पालिकास्तरीय भलिबलको तयारी

जनता संवाददाता
२०८१ आश्विन ३० गते, बुधबार

काठमाडौं । स्याङ्जा आइसीसी प्रथम पुरुष भलिबल कपको तयारी पूरा भएको छ ।

कार्तिक २, ३, र ४ गते वालिङ खेल मैदानमा पालिकास्तरीय प्रथम भलिबल कपको स्याङ्जा सहयोग समाज ९अन्तर्राष्ट्रिय समन्वय समिति० ले आयोजना गर्न लागेको हो ।

जिल्लाका ११ पालिकाको सहभागिता रहने प्रतियोगितामा प्रथम पुरस्कार नगद एक लाख ५० हजार, द्वितीय पुरस्कार एक लाख, तृतीय ५० हजार र सान्त्वना स्थानका २५ हजार रुपियाँसहित कप मेडल र प्रमाणपत्र रहेको प्रतियोगिताकासल्लाहकार टुकराज अर्यालले जानाकारी दिए ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाई १० हजार र प्रत्येक विधामा पाचँ हजार रुपियाँको व्यवस्था गरिएको छ । प्रतियोगिता स्याङ्जाली खेलाडीहरूको क्षमताको परीक्षण गर्ने, प्रोत्साहन गर्ने र खेलकुदमार्फत भाइचारा अभिवृद्धि गर्ने उदेश्यले आयोजना गरिएको हो ।

प्रतियोगिता सम्पन्न गर्न १५ लाख ८५ हजार रुपियाँ खर्च हुने आयोजकले जनाएको छ ।

 

प्रकाशित मिति : २०८१ आश्विन ३० गते, बुधबार


Scroll to Top

Janata Media