त्रिशूलीमा खस्यो ट्रक, ३ जनाको उद्धार

जनता संवाददाता
२०८१ मंसिर ४ गते, मंगलवार

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ गाउँपालिका १० खयरघारीबाट एक ट्रक त्रिशूली नदीमा खसेको छ । दुर्घटना स्थलबाट तीन जना घाइतेको उद्धार गरिएको प्रहरीले जानकारी गराएको छ ।

नवलपरासीबाट काठमाडौँतर्फ आउँदै गरेको लु २ ख २५० नम्बरको ट्रक आज बिहान ५ः५५ बजे त्रिशूली नदीमा खसेको थियो । दुर्घटना स्थलबाट ट्रक चालक नवलपरासी पश्चिमका २७ वर्षीय आशिष महतो, सहचालक २६ वर्षीय राजु थापामगर र ट्रक धनी खैरहनी नगरपालिकाका ४६ वर्षीय सुरेश गुरुङलाई उद्धार गरेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक प्रह्लाद सिलवालले जानकारी दिए । सिलवालका अनुसार दुर्घटनाको थप अनुसन्धान भइरहेको छ ।

 

प्रकाशित मिति : २०८१ मंसिर ४ गते, मंगलवार


Scroll to Top

Janata Media