पाकिस्तानमा पछिल्लो साम्प्रदायिक झडपमा कम्तीमा ३२ जनाको मृत्यु

जनता संवाददाता
२०८१ मंसिर ६ गते, बिहीबार

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिम क्षेत्रमा भएका दुई आक्रमणमा परी कम्तीमा ३२ जनाको मृत्यु भएको छ । मत्यु हुनेमा अधिकांश महिला तथा बालबालिका रहेको अधिकारीहरूले बिहीबार बताएका छन् ।

शिया समुदायका दुई अलग(अलग समूहलाई कुर्रम जिल्लामा आतङ्ककारीहरुले निशाना बनाएका प्रहरीले बताएको छ । “दुवै घटनामा गरी महिला र बालबालिकासहित कम्तीमा ३२ जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन्,” स्थानीय प्रशासनका वरिष्ठ अधिकारी जावेदउल्लाह महसुदले एएफपीसँग बताए । पाकिस्तानमा हुने सामुदायिक झडपमा परी वर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गरेका छन् ।

प्रकाशित मिति : २०८१ मंसिर ६ गते, बिहीबार


Scroll to Top

Janata Media