काठमाडौं । मकवानपुर मनहरी गाउँपालिका –८ बस्ने एक जनामा करेन्ट लागेर मृत्युभएको छ । सो पालिका बस्ने वर्ष ३८ का मङ्गलसिं प्रजाको शुक्रबार करेन्ट लागेर मृत्युभएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
स्थानीय ४० वर्षीया इन्द्रमाया मगर घरबाट मनहरीतर्फ आउनेक्रममा ११ हजार भोल्टेजको हाइटेन्सन तार चुडिएर भुइमा लत्रिएको नाङ्गो तारमा करेन्टको झट्का लागी प्रजा मृत अवस्थामा फेला परेका थिए ।
प्रजा घरबाट मनहरीतर्फ ज्यामी काम गर्न आउँदै गर्दा करिब ५० मिटर पूर्व दिशामा करेन्ट लागि मृत अवस्थामा भेटिएको प्रहरीको भनाइ छ । निज मृतक प्रजा विहान ४ः०० बजेको समयमा घरबाट निस्केको भन्ने बुझिएको र घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।







