
काठमाडौँ । शुक्रबार राति सम्पन्न भ्वाईस अफ नेपाल सिजन ५ को उपाधि बिनोद राईले जितेका छन् । केहि समय देखी काठमाडौँमा जारी भ्वाईस अफ नेपाल सिजन ५ को उपाधि कोच मिलन अमात्यको टिमबाट बिनोद राईले जितेका हुन् ।
बिनोदले उपाधि संगै ट्रफि र नगद रु. २० लाख र अन्य विभिन्न उपहार प्राप्त गरेका छन् । भने भ्वाईस अफ नेपाल सिजन ५ को फ़र्स्ट रनरअप कोच राजेश पायल राईको टिमबाट मकर बहादुर योन्जन, सेकेण्ड रनरअप कोच उदय सोतांगको टिमबाट कुमार प्रयास र थर्ड रनरअपको उपाधि कोच प्रमोद खरेलको टिमबाट नोगेन लिम्बुले जिका छन् ।