काठमाडौँ । नेकपा एमालेका नेता ऐन महरविरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
जबर्जस्ती करणीको आरोप लागेका एमाले केन्द्रीय सदस्यसमेत रहेका महरविरुद्ध पक्राउ पुर्जी जारी भएको हो।
पीडित भनिएकी महिला रश्मिलाकुमारी धामीले हालेको मुद्दामा सुनुवाई गर्दै उच्च अदालत पाटनका न्यायाधीश ब्रजेशकुमार प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले केहीबेर अघि महरविरुद्ध पक्राउ गर्नका लागि पुर्जीसहितको परमादेश जारी गरेको हो।
बझाङवासी पूर्व अखिल अध्यक्ष महरविरुद्ध जबर्जस्ती करणीको जाहेरी प्रहरी र सरकारी वकिलले दर्ता गर्न नमानेपछि पीडित अदालत पुगेकी थिइन्। उनको पक्षमा बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, इन्द्र अर्याल र अञ्जना अर्यालले बुधबार बहस गरेका थिए।
धामीका आमा(बाबु र बहिनीसमेत अदालतमा गएर न्यायको याचना गरेका थिए। केही दिनअघि महरका भाइले अदालतमै कुटपिट गरेको भिडियो प्रमाणसमेत इजलासमा प्रस्तुत गरिएको थियो।
आफूमाथि पटकपटक यौन शोषण भएको तर प्रतिवादीले कुनै जिम्मेवारी नलिई निरन्तर प्रताडित गर्दै आएको भन्दै उजुरी लिएर धामी बालकोट, प्रहरी र सरकारी वकिल कार्यालय धाउँदै आएकी थिइन् । तर कतैबाट सुनुवाइ नभएपछि उनी माइतीघर मण्डलामा धर्नासमेत बसेकी थिइन्। धामीले अदालत परिसरमै विष सेवनको प्रयाससमेत गरेकी थिइन्।







