‘पार्टी हेडक्वाटरको निर्णयले मन्त्री हुने हो, विरोधको तुक छैन’ – कार्चेन लामा

चक्र दानी
२०७९ भाद्र २१ गते, मंगलवार

काठमाडौं । लामो समयपछि मन्त्रीमण्डल बिस्तार गर्न लागेको कर्णाली प्रदेश सरकारमा सत्तागठबन्दनको प्रमुख घटक नेकपा माओवादी केन्द्रले अघि सारेका गैरसांसद हुम्लाका छिरिङ दमदोल लामा (कार्चेन) लाई मन्त्री बनाउन खोजेको विषयमा अनेकन प्रश्न उठेका छन् । कार्चेनलाई मन्त्री बनाउने समाचार प्रकाशमा आउने बित्तिकै सुक्रबार दिनभरजसो नेपाली सञ्चार माध्यममा निकै भाइरल समाचारका रुपमा रह्यो । पार्टी बाहिर मात्रै होइन समाचार प्रकाशमा आएलगत्तै माअ‍ोवादी केन्द्र भित्रै पनि यो विषयमा निकै चर्को बिरोध भयो ।
आफूलाई पार्टीले मन्त्री बनाउन लागेको विषयलाई फौजदारी मुद्धामा सफाय पाएको विषयलाई जोडेर भएको बिरोधप्रति स्वयम कार्चेनलाई भने कुनै चिन्ता छैन् । आफूलाई पार्टी हेडक्वाटरले नैं सबै विषय अध्ययन गरेर मन्त्रीमा सिफारिस गरेको भन्दै उनी ढुक्क देखिए । पार्टीका सर्वोच्च कमाण्डर अर्थात केन्द्रीय अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्डकै जोडबलमा मन्त्री बन्न लागेको भन्दै लामाले कुनैपनि हालतमा बाहिरका समाचारले असर नगर्ने दावी गरे । ‘विरोध गर्नुको कुनै तुक छैन, पार्टीको एकल सिफारिसमा कुनै पनि कष्टमा मन्त्री बन्छु’ नेपालवोटसँग्को कुराकानीमा उनले भने, मसँग जोडिएको विषय कानूनी रुपमै सफाय भैसकेकाले यसको कुरा उठाउनुको कुनै अर्थ राख्दैन ।

धेरै समय अघि मूर्ति चोरीको मुद्दामा जेय सजाय भोगेको स्वीकार गरेका लामाले कांग्रेसीहरुले फसाएको र यो सजय भोगेका कारण नैतिक आचरणमाथि प्रश्न नउठ्ने दाबी गरे । उनलसँग गरिएको संक्षिप्त कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

तपाईलाई मन्त्रीमा सिफारिस भएपछि पार्टीले गैरसांसदलाई मन्त्री बनाउन लाग्यो भनेर गरिएको चर्को बिरोधका बारेमा थाहा छ ? 

किन नहुनु ? सुक्रबार बिहान कर्णाली प्रदेश सरकारले पूर्णता पाउने खबर सार्वजनिक भएसँगै मन्त्रीको सूचिमा मेरो नाम पनि आयो । यो सँगै मेरो बारेमा भएका टिकाटिप्पर्णीले नेपालका प्राय मिडियाहरु छाए भने स्वयम् मैले थाहा नपाउने हुन्छ ? मेरो बारेमा पार्टी बाहिरका साथीहरुले बिरोध गर्नु स्वभाविक हो तर पार्टी भित्रकै साथीहरुले गर्नु अस्वाभाविक ठानेको छु । बिरोध गर्ने साथीहरुलाई मलाई पार्टीका अध्यक्ष कमरेड प्रचण्डले मन्त्री बनाउन सिफरिस गर्नुको कारण खोज्न, मेरो राजनीतिक योगदानलाई पुनरावलोकन गर्न आग्रह गर्ने बाहेक अहिले त के नैं भन्नु सक्छु र ।

किन यसरी बिरोध भयो भन्ने लाग्छ तपाइलाई ? 

कोहि मान्छे केहि हुन थाल्यो भने बिरोध गर्नु नेपालीको जन्मजात संस्कार हो । अँझ भन्ने हो भने हामी कर्णालीवासीहरुको त रुटिन नै जस्तो लाग्छ । म सँगैका साथीहरु राजकीय पदमा धेरै माथि पुगेका छन् । अहिलेसम्म म पार्टीको क्इाडर बाहेक केहि भइन । योगदानका हिसाबले हेर्ने हो भने म २०४५ सालदेखि निरन्तर कम्युनिष्ट आन्दोलनमा छु, संयुक्त जनमोर्चा हुँदै अहिले माओवादी केन्द्रमा छु । म हुम्लाको पहिलो माओवादी मध्येको हुँ । मेरो राजनीतिक पृष्ठभूमिकै आधारमा २०५४ सालमा निर्विरोध बरगाउँ गाविसको उपाध्यक्ष भएको मान्छे हुँ ।

द्वन्द्वका बेला तत्कालीन माओवादी नेताहरु मोहन बैद्य किरण, डा. बाबुराम भट्टराई, पोष्टबहादुर बोगटी, नेत्रविक्रम चन्द (विप्लव), जनादर्शन शर्मा (प्रभाकर) लगायतलाई भूमिगत ढंगबाट पालेको छु । एउटा इमन्दार र जिम्मेवार सिपाहीका रुपमा पार्टीप्रति प्रतिवद्ध छु । मेरो लगानी, इमान्दारिताको कदर गर्दै प्रदेश, जिल्लाको नेतृत्व र हुम्ली जनताको मागलाई सम्बोधन गर्न अध्यक्ष कमरेड प्रचण्डले मन्त्रीमा सिफारिस गर्नुभएको हो । यसमा कसैले गुनासो राखेका छन् भने मलाई मतलब छैन ।

संविधान अनुसार तपाई (गैरसांसद) ६ महिना बढि मन्त्री हुन पाउनु हुन्न, यति छोटो समयका लागि किन यति जोड त ?

६ महिनासम्म गैरसांसद मन्त्री बन्न पाउने व्यवस्था संविधानमै गरिएको छ । त्यहीअनुसार म मन्त्री बन्न लागेको हुँ ।
पार्टी हेडक्वाटरले कुनै कुरा नसोचेर यो निर्णय गरेको छैन होला । त्यहि भएर म आफू छोटो अवधीकै लागि भएपनि मन्त्रीका लागि तयार भएको हुँ । जहाँसम्म ६ महिनामा के काम गर्न सकिन्छ र भन्ने प्रश्न छ, २००७ सालदेखि अहिलेसम्म मन्त्री भएकाहरुले के गरे ? पाँच/सात पटक प्रधानमन्त्री भएकाहरुले के गरे भन्ने पनि होला । त्यसैले म पिछडिएको वर्गको प्रतिधिनित्व गर्दै मन्त्री हुन लागेको हुँ । राष्ट्रघात र छलछाम गर्दिनँ, जनताले महसुस गर्ने गरी काम गर्छु ।

तपाईंले मन्त्रीका लागि पार्टी हेडक्वाटरलाई ठुलो दबाब दिनुभयो भन्ने आरोप छ नि ?

आरोप लाउनेहरुले त जे पनि लाउँछन् । प्रचण्ड मेरो दबावमा पर्ने मान्छे हो र रु म जस्ताको दबाबले प्रचण्ड डराउँछन् ? यस्ता नपत्याउने कुरा गर्न सुहाउँछ । प्रचण्डलाई दबाब दिएर कसैको घर चल्दैन, चुलो पनि बल्दैन, पार्टी पनि चल्दैन ।

तर कार्चेन लामा हिमाली भोटे लामा राष्ट्रिय मुक्ति मोर्चाको केन्द्रीय अध्यक्ष पनि हो । मेरो साढे तीन दशको लगानी, त्यागको दबाब पर्‍यो होला । हिजोका दिनमा हुम्ली जनतालाई लिएर हाम्रो प्रतिनिधित्व चाहियो भन्दै प्रचण्डको घर अगाडि सिटी जुलुस गर्ने मान्छे हुँ । त्यसैको दबाब पनि पर्‍यो होला ।

मूर्ति चोरीमा जेल सजाय भोगेकाले तपाई माथि नैतिक प्रश्न पनि उठेको छ नि ?

यो फाइनल भइसकेको मुद्दा हो । नैतिक आचरणमाथि प्रश्न उठ्ने खालको मुद्दा पनि होइन । लेख्नेहरुले जे सुकै लेखुन्, मन्त्री बन्ने तयारी भएपछि रचिएको षड्यन्त्र हो । यसको कुनै तुक छैन ।

संविधानले दिएको अधिकारअन्तर्गत म मन्त्री बन्न लागेको हुँ । यस्ता मुद्दालाई इस्यु बनाउने हो भने नेपालका ९५ प्रतिशत नेतहरु जेलमा हुन्थे । यो आरोप लागिसकेपछि पनि २०५४ सालमा गाविस उपाध्यक्षमा निर्वाचित भएकै हुँ । मलाई कांग्रेसीहरुले राजनीतिक षड्यन्त्र गरेर फसाएका हुन् ।

प्रकाशित मिति : २०७९ भाद्र २१ गते, मंगलवार


Scroll to Top

Janata Media